भदाै २३ र २४ गतेको घटना : अध्ययन समितिको म्याद थप

काठमाडौं ।  सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै  सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ । सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको कार्यावधि ४५ दिनका लागि थप गरिएको हो ।

सरकारले प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको समय ४५ दिनका लागि थप गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर