मुख्यमन्त्री शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

प्रदेशमा नेपाली कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन्। नेपालमा रहेका १७ सांसदमध्ये बहुमत सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेको  कांग्रेस प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले जानकारी दिनुभयो।

उहाका अनुसार ९ सांसदले संसदीय दलमा दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन रहे पद छाड्ने बताएका थिए। त्यसपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर