१५ जना बंगलादेशी नागरिक पक्राउ

काठमाडौं ।  पर्यटकीय क्षेत्र ठमेलमा भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

विदेशी नागरिकहरू संगठित रूपमा साइबर ठगी तथा ब्ल्याकमेलिङ गतिविधिमा संलग्न रहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित एक होटलको चौथो, पाँचौं र छैटौं तल्लामा कोठा भाडामा लिएर बसेका ती विदेशी नागरिकहरू अवैध गतिविधिमा संलग्न रहेको फेला परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर