र्‍याप र जोकतन्त्र होइन, लोकतन्त्र भन्दै तरुण दलको प्रदर्शन

काठमाडौं । नेपाल तरुण दलले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले ‘नेपालको भुईँ प्यारो छ, हलुका टिप्पणी अक्षम्य छ !’ ‘कार्यकारी प्रमुख हो कि देशकै बोझ ?’, ‘सस्तो गफ बन्द गर, राष्ट्रियताको रक्षा गर !’, ‘देशको सीमा र स्वाभिमान, हाम्रो प्राण !’, ‘फरक छ नि प्र.म ज्यू, कूटनीति र डोजर नीतिमा’, ‘पिएम बालेन राष्ट्रप्रेम स्टाटसमा होइन, व्यवहारमा देखाऊ’, ‘याप र जोकतन्त्र होइन, लोकतन्त्र ! एल्गोरिदमले धान्दैन शासनतन्त्र ११ सामान्यज्ञान पढ्नुस् प्रधानमन्त्रीज्यू !, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’ लगायत लेखिएका प्ले कार्ड बोकेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर