देशभर बदली : वर्षा र हावाहुरीको सम्भावना

काठमाडौं ।  नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली छ। केही स्थानमा मध्यम वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागका केही स्थान र तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, तराई र पहाडी क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिमसहित हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर