हावाहुरीबाट घर भत्किँदा महिलाको मृत्यु

काठमाडौं ।  रौतहटको वृन्दावन नगरपालिका–७ धमौरामा घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया फुलकुमारी देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।

सोमबार रातिको हावाहुरीका कारण टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर भत्किँदा च्यापिएर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बस्यालले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर