गुल्मीको सिस्ने भीर सडक खण्ड जेठ २५ सम्म बन्द हुने

काठमाडौं ।  गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङग सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा जेठ २५ गतेसम्म बन्द हुने भएको छ।

सडक डिभिजन पाल्पाको पत्रानुसार यस सडक खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा चौबीसै घण्टा सडक बन्द गर्नुपर्ने भएको हो।अत्यन्त संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक स्तरोन्नतिको काम गर्नका लागि गत माघ २६ गतेदेखि सूचना प्रकाशित गरी यस खण्ड पूर्णरुपमा चौबीसै घण्टा बन्द गरिएको थियो।

सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्ग कार्य गर्न विभिन्न समयमा सडक पूर्णरुपमा बन्द गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ।राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने यस सडक खण्ड विस्तार तथा स्तरोन्नतिका लागि गत शुक्रबार जेठ ८ गतेदेखि सडक पूर्णरुपमा बन्द भएको छ।

कटिङ्ग कार्य सम्पन्न गर्न थप केही दिन आवश्यक परेकाले यात्रुहरूको सुरक्षा र निर्माण कार्यलाई सहज बनाउन सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध रहने हुँदा यस सडक खण्डबाट चल्ने सवारी साधनले वैकल्पिक मार्गहरुको प्रयोग गर्न आग्रह गरिएको छ। जसका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीलाई सहजीकरण गर्न आग्रह गरिएको छ।

वैकल्पिक मार्गका रुपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे रहेका छन्।उक्त सडक स्तरोन्नतिका लागि श्रेष्ठ कन्स्ट्रक्सन सेवा, तम्घास, गुल्मीसँग ठेक्का सम्झौता भई काम अगाडि बढिरहेको छ।

सडक बन्द रहने भएपछि डिभिजन कार्यालयले यस जिल्लाको मुसीकोट नगरपालिका, सत्यवती गाउँपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र निर्माण व्यवसायीलाई बोधार्थसहित पत्र पठाउनुका साथै आवश्यक सहयोगका लागि आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर