ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु

काठमाडौं ।  अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ । शनिबार साँझ सुरक्षा चेकपोइन्टमा आक्रमण गर्न खोज्ने एक बन्दुकधारी सुरक्षाकर्मीको जवाफी कारबाहीमा मारिएको छ भने एक सर्वसाधारण गम्भीर घाइते भएका छन्।

एक व्यक्ति ह्वाइट हाउस परिसर बाहिरको सुरक्षा चेकपोइन्टमा पुगेर अचानक सुरक्षाकर्मीहरूमाथि अन्धाधुन्ध गोली चलाउन थालेको अमेरिकी गुप्तचर निकाय ‘सीक्रेट सर्भिस’ले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै सीक्रेट सर्भिसका प्रवक्ताले जनाएअनुसार, स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले तुरुन्तै जवाफी फायरिङ गरेका थिए। सुरक्षाकर्मीको गोली लागेर ढलेका संदिग्ध बन्दुकधारीलाई तत्कालै स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको छ।

यसै क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारण (बाइस्ट्यान्डर) गम्भीर घाइते भएका अस्पतालमा उपचाररत रहेको कानुनी निकायका अधिकारीहरूले बताएका छन् । तर, उनलाई बन्दुकधारीको सुरुवाती गोली लागेको हो वा दुई पक्षबीच भएको क्रसफायर (दोहोरो गोली हानाहान) का क्रममा गोली लागेको हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। गोली चल्दाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसकै निवासमा थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर