देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं ।  नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा तातो लहर चल्ने सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशमा तातो दिन रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर