प्रतिनिधिसभामा विपक्षीदलहरूको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठक विपक्षीदलहरूको विरोधमा नाराबाजीका अतिरिक्त सञ्चालन गरेका छन् ।

विगत लामो समयदेखि सदनमा प्रधानमन्त्री बालेन साहको उपस्थितिको माग गरिरहेका विपक्षी दलहरू आफ्ना माग पूरा नभएपछि वेल घेराउ गरेर नाराबाजी गरेका थिए । नाराबाजीकाबिचमा नै प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री एवं गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३) माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए।

त्यसलगत्तै विपक्षी दलले प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने माग गरेर विरोध जनाएका हुन्। उनीहरूले संसद्मा नाराबाजी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर