रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता

काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ । सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गरे । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई दुई देशबीचको सम्बन्ध ‘अभूतपूर्व उच्च स्तर’मा पुगेको बताइएको छ । लगत्तै दुई प्रतिनिधिमण्डलले द्विपक्षीय वार्ता पनि गरेका छन् ।

बेइजिङमा रहँदा पुटिनले रुस र चीनबीच महत्त्वपूर्ण र संवेदनशील मुद्दाबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर