महावीर पुनले फिर्ता लिए आफूले दिएको श्राप

काठमाडौं ।  प्रतिनिधिसभामा एक मात्र स्वतन्त्र सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको माग अन्ततः सरकारले पूरा गरेको बताएका छन् । विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्टै मन्त्रालय गठन भएपछि पुन उत्साहित देखिएका छन् ।
दुई दिनअघि संसद्मा आवाज उठाएका पुनले तीन साताअघि प्रधानमन्त्रीलाई लिखित रूपमा समेत यही माग बुझाएका थिए । सरकारले माग सम्बोधन गरेपछि उनले सरकारलाई धन्यवाद दिँदै “दीर्घायुको कामना” गरेका छन् ।
सबैभन्दा चर्चित कुरा भने पुनको अभिव्यक्ति बनेको छ । उनले भनेका छन् — “रिसको झोकमा नेताहरूलाई दिएको श्राप पनि फिर्ता गर्छु ।”
अब उनले देशभक्त वैज्ञानिक, अनुसन्धानकर्ता र प्रविधि क्षेत्रका विज्ञहरूलाई नयाँ मन्त्रालय प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना लिएर छलफलमा आउन आह्वान गरेका छन् ।
लामो समयदेखि विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता दिन दबाब दिँदै आएका महावीर पुनको माग पूरा भएपछि राजनीतिक र प्रविधि वृत्तमा यसको व्यापक चर्चा सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर