अवरोधसँगै प्रतिनिधिसभाको बैठक सञ्चालन
काठमाडौं । स्थगित भएको प्रतिनिधिसभा बैठक पुनः सुचारु भएको छ । प्रतिपक्षी दलका सांसदहरुको बैठकमा अवरोधपछि दोस्रो पटक स्थगित भएको बैठक पुनः सुचारु भएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले बैठकमा अवरोध कायम राख्नुभएको थियो । बैठक ३ः३० बजे १५ मिनेटका लागि स्थगित भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी गराउनुभएको थियो । बैठक २२ मिनेटपछि पुनः सुचारु भएको हो ।
प्रतिपक्षी दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरुले सामूहिकरुपमा विरोध जारी राख्नुभएको छ । बैठकमा नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक ऐन महरले धारणा राख्नुभएको छ ।
प्रतिक्रिया
