अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं ।  अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग१ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले बताए । उनका अनुसार दुर्घटनामा उद्धार कार्य चलिरहेको छ ।

स्थानीय र प्रहरीले उद्धार जारी रहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले बताए । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाउने क्रम चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर