प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गर्न माग गरेको छ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिएको भन्दै यस्तो माग गरेका हुन् ।

नेता आङ्देम्बेले भने, ‘आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वाभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्यस्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थ्यबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ।’

उनले प्रधानमन्त्रीको यो व्यवहारलाई ‘अमर्यादित र अहंकारपूर्ण’ भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरे। कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर-जिम्मेवार व्यवहार नदेखाउने भन्दै आङ्देम्बेले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर