किन बीचैमा उठेर हिँडे प्रधानमन्त्री बालेन ? सर्वत्र चर्चा र चासो !!!

काठमाडौं । संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति राचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बोलेन्द्र साह उर्फ बालेन बीचैमा उठेर हिँडेको अहिले सर्वत्र चर्चा र चासोको विषय भएको छ ।

राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम संयुक्त बैठकमा वाचन गर्न करिव १ घन्टा १८ मिेट लागेको थियो भने प्रधानमन्त्री साह करिब ५८ मिनेट जाँदा बैठक कक्षबाट बाहिरिएको थियो । बैठकमा उपस्थित सांसदलगायत अतिविशिष्टहरूले मानवीय वा अन्य कारणले बाहिरिएको होला भन्ने अनुमान लगायत पनि ६२ मिनेटसम्म पनि प्रधानमन्त्री साहको पुनरागमन भएको दृश्य नदिेखिँदा आश्चर्यमा परेका थिए । आजको बैठक कक्षमा प्रधानमन्त्री साहसँगै वरिष्ठ मन्त्री स्वर्णिम वाग्ले बसेको थियो ।

मूलतः आजको नीति तथा कार्यक्रम प्रधानमन्त्री बालेन साहकै सरकारको कार्यक्रम हो । तर बीचैमा प्रधानमन्त्री किन उठेर जानुपर्ने अवस्था अयो भननेबारे न त सतपक्षले केही बताएको छ भने न त प्रतिपक्षी दलहरूले प्रशन् उठाएका छन् ।

राष्ट्रपतिको वाचन चलिरहँदा बीचैमा उठेर किन जानुपर्‍यो भन्ने विषय बुझ्न कठिन परिरहेको छ । संसदीय परम्पराअनुसार राष्ट्रप्रमुखले वाचन यर्ने भाषण प्रति(कपि) प्रधानमन्त्रीले दिनुपर्ने र त्यो दिएको कपि राष्ट्रप्रमुखले जस्ताको तस्तै वाचन गर्ने प्रचलन संसदीय व्यवस्था अपनाएका मुलुकहरूमा प्रचलनमा रहेको छ । यहाँनेर उल्लेखनीय कुरा के छ भने राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति प्रधानमन्त्री साहले हस्तान्तरण गरेका थिए । प्रधानमन्त्री साह बीचैमा उठेर हिँडेपछि संसद परिसरमा रहेको प्रधानमन्त्रीको च्याम्बरमा बसिरहे कि अन्त कतै लागे भन्ने विष खोजी गर्न लायकको भएको छ ।

यसरी आजको संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको दृष्य इतिहासमै पहिलो पटकको विश्मयकारी घटना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर