निर्माण व्यवसायी रमेश शर्मा पक्राउ

काठमाडौं । सरकारी ठेक्का अलपत्र पारेको आरोपमा नेपालकै प्रमुख निर्माण कम्पनीमध्ये एक शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार शर्मालाई पक्राउ गरेको हो।

सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए। निर्माण व्यवसायी शर्मालाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर