देउवा दम्पतीलाई पक्रन सञ्जाल फैलाउँदै प्रहरी

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध कागजात नपुगेको भन्दै रेड नोटिस जारी नगरेपछि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरोले थप कागजपत्र पठाएको छ।

रेड नोटिसका लागि इन्टरपोलले थप कागजात मागेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो) ले उक्त विवरण पठाएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । ‘केही दिनअघि थप कागजात माग गर्दै इमेल आएकाले सोही अनुसार थप कागजात पठाएका हौं’, प्रहरी स्रोतले बतायो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले उनीहरूविरुद्ध गत चैत २४ गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती भने विदेशमा थिए । चुनावको पूर्वसन्ध्यामा १४ फागुनमा देउवा दम्पती उपचारका लागि भन्दै सिंगापुर उडेका थिए । त्यहाँबाट उनीहरू ७ चैतमा हङकङ गएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर