सर्वोच्चको साथ पाएन प्रधानमन्त्री बालेनले सुकुमवासी समस्या
काठमाडौं । सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । हिजो शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
आदेशमा निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्वासी तथा अव्यवस्थित वसोबासीलाई जवरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न नगराउन भनिएको छ । साथै, हाल हटाइएका सुकुम्वासी तथा अव्यवस्थित वसोबासीलाई उनीहरुको आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न आवश्यकता अनुसार प्रभावकारी रुपमा उपलब्ध गराउन पनि सर्वोच्चले आदेशमा भनेको छ ।




प्रतिक्रिया
