भारतीय विदेश सचिवको काठमाडौं भ्रमण स्थगन

काठमाडौं ।  भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगन भएको छ। एक सरकारी अधिकारीका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो।नेपालमा बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो।

मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँदिल्लीले नेपाललाई जानकारी गराएता पनि के कारणले उनको भ्रमण स्थगित गरिएको हो वास्तविक कारण भने स्पष्ट नपारिएको नेपाली अधिकारीहरूको भनाइ रहेको छ । कूटनीतिक वृत्तमा चलेको चर्चाअनुसार मिश्रीले प्रधानमन्त्री बालेन साहसँग भेट्न खोजेको तर प्रधानमन्त्री मिश्रीसँग भेट्न अनिच्छुक रहेकाले मिश्रीको भ्रमण स्थगित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर