बीपी राजमार्गमा सवारी आवागमनमाथि रोक
काठमाडौं । आज बिहीबार बिहानदेखि सञ्चालनमा आएको बीपी राजमार्ग दिउँसो पुनः बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाव बढ्ने सम्भावना देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी आवागमन तत्कालका लागि ‘होल्ड’ गरिएको जनाएको हो ।
प्रहरीले दिउँसो १ः१५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा शुरू भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखी राजमार्गमा सवारी सञ्चालन रोकिएको जानकारी दिएको छ ।
यसअघि वर्षाका कारण रोशी खोलाले सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन गरिएको छ ।
तीन दिनदेखि बन्द भएको राजमार्गमा बिहीबार बिहान ७ बजेदेखि डाइभर्सन निर्माण पछि यातायात सञ्चालनमा ल्याइएको भएपनि पुनः पानीको सतह बढ्न थालेपछि सुरक्षाका कारण राजमार्ग बन्द गरिएको हो ।
प्रतिक्रिया
