दीपक भट्ट र सुलभ अग्रवाललाई १२ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । विशेष अदालतले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अझै १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको हो।
उनीहरुमाथि सम्पत्ति शुद्धीकरण कसुरको आरोप छ। सम्पत्ति शुद्धीकरण विभागले दुवै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। आज बुधबार उनीहरुलाई म्याद थपका लागि विशेष अदालतमा लगिएको थियो। सो क्रममा अदालतले थप १२ दिन हिरासतमै राख्न अनुमति दिएको हो। यो भट्टको हकमा पाँचौँपटक र अग्रवालको हकमा छैटौँ पटक थपिएको म्याद हो। यसैबीच, उनीहरुको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ।
प्रतिक्रिया
