खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

काठमाडौं ।  बीपी राजमार्गकाे खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै आज (मंगलबार)देखि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएको हो। अर्को सूचना जारी नहुन्जेल अब उक्त समयमा सवारीसाधन सञ्चालन गर्न पाइनेछैन।

‘भेल बाढीमा फस्न पुगेका सवारीसाधन यात्रुहरूलाई रात्रिको समयमा उद्धार गर्न ज्यादै कठिनाइ हुन गई ८९ जनाको ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएको घटना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर गरी आज वैशाख २२ गते बिहान काभ्रेपलाञ्चोक जिल्ला र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको आजको बैठकबाट बीपी राजमार्गमा सवारी व्यवस्थापन सम्बन्धमा निर्णय भएको हो’, सूचनामा उल्लेख छ। अवरुद्ध बीपी राजमार्ग हालसम्म सञ्चालन हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर