श्रीमतीको जिम्मामा शेखर गोल्छा छुटे
काठमाडौं । व्यवसायी शेखर गोल्छा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेसँगै गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई रिहा गरिदिएको हो ।
गोल्छालाई हालैमात्रै श्रीमती सीमा पन्त गोल्छाको जिम्मा लगाएर छोडिएको सीआईबीले जानकारी दिएको छ । अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा गोल्छा छुटेका हुन् । काठमाडौं जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा गोल्छालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्विकार गरेको थियो ।
प्रतिक्रिया
