युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण
काठमाडौं । युएईको फुजैराह क्षेत्रको एक तेल क्षेत्रमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यो आगलागी इरानी ड्रोन आक्रमणबाट भएको हो।
फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आगलागी भएको र त्यसलाई निभाउन तुरुन्तै टोलीहरू पठाइएको जनाएको छ। यसअघि युएईको रक्षा मन्त्रालयले केही समयअघि चारवटा मिसाइल पनि प्रहार गरिएको बताएको थियो, जसमध्ये धेरैलाई रोकिएको थियो।
प्रतिक्रिया
