मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । ‘क’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको तथा अवैध सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको विभागले उनको घर र कार्यालयमा छापा मारेको हो ।
काठमाडौंस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय र हेटौंडास्थित कार्यालय र घरमा छापा मारिएको बताइएको छ । २०८२ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति हुन् ।
प्रतिक्रिया
