सुकुम्बासीको ८ तल्ले घरमा डोजर

काठमाडौं । काठमाडौंको धोबीखोला देवीनगरस्थित करिडोर क्षेत्रमा रहेको सुकुम्बासीले बनाएको एक ८ तले भवनमा आज डोजर चलेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको उक्त ८ तल्ले घर अतिक्रमण गरी निर्माण गरेकाले आज आइतबार भत्काउन् परेको सरकारको भनाइ रहेको छ ।

धोबीखोला क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नगर प्रहरीको ठूलो संख्यामा परिचालन गरिएको छ । डोजर चलाइएको भवनमा रेष्टुरेन्ट, बार, स्पालगायतका विभिन्न व्यवसाय सञ्चालनमा रहेको बताइएको छ । यसअघि पनि सोही क्षेत्रमा रहेका सुकुम्बासीका अन्य घरहरू भत्काइको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर