पश्चिम बंगालको २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने

काठमाडौं । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने निर्णय गरेको हो ।

न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।

आयोगले यो निर्णय मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी र निर्वाचन पर्यवेक्षक लगायतको रिपोर्ट हेरेर पुन: निर्वाचन गर्नुपर्ने निर्णयमा पुगेको हो । पर्यवेक्षकहरुको रिपोर्टमा ‘मतदाताहरुलाई डर धम्की दिइएको र बुथहरुमा गैरकानुनी उपस्थिति जस्ता घटना देखिएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर