दुई दिनपछि खुल्यो बिपी राजमार्ग

काठमाडौं । अस्ति शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध बीपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

हिजो आइतबार दिनभर डाइभर्सनको काम गरे पनि अपराह्नको वर्षाले केही स्थानको डाइभर्सनमा पुनःक्षति पुर्‍याएपछि आइतबार साँझ आवागमन सुचारु नभएको कार्यालयका प्रमुख प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए । उनका अनुसार आज बिहानदेखि पुनः डाइभर्सन बनाइ दिउँसो ३ बजेदेखि आवागमन नियमित गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर