असिना पानीका कारण जलेश्वर जलमग्न

काठमाडौं । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आँधीहुरीसँगै आएको असिना पानीका कारण जलमग्न बनेको छ । पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ ।

जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् ।

सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ । जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर