पूर्वराजा ज्ञानेन्द्रको पोखरामा भव्य स्वागत
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार पोखरा पुग्दा उनको भव्य स्वागत गरेका छन् । आफ्नो व्यक्तिगत भ्रमणको सिलसिलामा पूर्वराजा शाह पोखरा गएका हुन् । उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जय-जयकार समेत गरेका थिए ।
उनलाई स्थानीय जनताले पञ्चेबाजा र पुष्पगुच्छाले भव्य स्वागत गरे । पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन त्यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । उनको यस भ्रमणलाई विशुद्ध व्यक्तिगत भनिए पनि स्थानीयस्तरमा यसले निकै चर्चा पाएको छ ।
प्रतिक्रिया
