अन्तत: अदालतको अनुमतिबाट शेखर गोल्छा पक्राउ

काठमाडौं । गोल्छा अर्गनाइजेसनका व्यवसायी शेखर गोल्छालाई आज बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट सीआइबीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी) का प्रवक्ता शिवकुमार श्रेष्ठले गोल्छालाई पक्राउ गरिएको जानकारी दिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्षसमेत हुन् ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवदेनको आधारमा हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा(१ र दफा(९८ बमोजिम कसुरमा उक्त ऐनको दफा १०३ को उपदफा ३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन २०८३ ब्युरोमा प्राप्त भएपछि वैशाख १० गते आज बिहीबार काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिई गोल्छालाई पक्राउ गरिएको सीआइबीको भनाइ रहेको छ । शेखर गोल्छा आल काठमाडौं नागार्जुन नगरपालिका–८ मा बस्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर