शेखर गोल्छा पक्राउ परेको हल्ला हो : सीआईबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ नपरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबी प्रमुख मनोज केसीले यसबारे आफूलाई जानकारी नभएको बताए । ‘उहाँ पक्राउ परेको बारे जानकारी छैन,’ केसीले भने, ‘कसले र किन हल्ला फैलायो थाहा भएन ।’ केही सञ्चारमाध्यमले रुपन्देहीबाट व्यवसायी गोल्छा पक्राउ परेको समाचार सम्प्रेपण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर