आजको बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्तिसम्बन्धी वार्ता, सम्झौतापत्र एवं दस्तावेज तयारी तथा त्यसमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोली गठन गरेको छ ।
साथै बैठकले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल पनि गठन गरेको छ ।
