अमेरिकी नाकाबन्दीको इरानमा असर गहिरिँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगाइएका नाकाबन्दीका कारण त्यहाँको अर्थतन्त्र गम्भीर दबाबमा परेको दाबी गरेका छन्। उनका अनुसार यही अवस्थाले इरानलाई भविष्यको शान्ति वार्तामा गम्भीर हुन बाध्य बनाउनेछ। ट्रम्पले इरानलाई एकीकृत प्रस्तावसहित वार्तामा आउन ३ देखि ५ दिनको समयसीमा पनि संकेत गरेका छन्।

तर अमेरिकी प्रशासनका सञ्चार सचिव क्यारोलिन लेविटले भने ट्रम्पको समयसीमाबारे स्पष्ट निर्णय नभएको बताउँदै वार्तामा फर्कने समय राष्ट्रपति स्वयंले तय गर्ने उल्लेख गरेकी छन्।

लेविटले इरानले सामाजिक सञ्जालमा दिइरहेका प्रतिक्रियालाई “सार्वजनिक भनाइ र वास्तविकता फरक” रहेको टिप्पणी गर्दै अहिलेका नाकाबन्दी तत्काल हट्ने अवस्था नरहेको संकेत गरिन्।

यता, उपराष्ट्रपति जेडी भान्ससहित वार्ता टोली तत्काल प्रस्थान गर्ने कुनै आधिकारिक संकेत नदेखिए पनि संवेदनशील कूटनीतिक छलफल पर्दा पछाडि जारी रहेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर