युक्रेनको १७ सय वर्ग किलोमिटर भू-भाग रुसी सेनाको कब्जामा

काठमाडौं । रुसले यस वर्ष युक्रेनको करिब एक हजार ७०० वर्ग किलोमिटर क्षेत्र आफ्नो सेनाले नियन्त्रणमा लिएको दाबी गरेको छ । रुसी सेनाका अनुसार, उनीहरू अब डोनबासको महत्त्वपूर्ण सुरक्षा घेरा ‘फोट्र्रेस बेल्ट’तर्फ अघि बढिरहेका छन् ।

रुसी सेनाका प्रमुख भलेरी गेरासिमोभले भने, “यस वर्षको सुरुआतदेखि हालसम्म ८० वटा बस्ती र एक हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्र हाम्रो नियन्त्रणमा आइसकेको छ ।” उनका अनुसार, रुसी फौज स्लोभियान्स्क र कोस्त्यान्तिनिभका जस्ता महत्त्वपूर्ण सहरहरू नजिक पुगिरहेका छन् र केही क्षेत्रमा भीषण लडाइँ जारी छ । उनले सुमी र खार्किभको दिशामा पनि अघि बढेर सुरक्षा क्षेत्र बनाउने प्रयास भइरहेको बताएका छन् ।

युक्रेनले रुसी दाबीको खण्डन गर्दै आफूले पनि निरन्तर जवाफ दिइरहेको र केही स्थानमा सफलता हासिल गरेको बताएको छ । युक्रेनी कमान्डर ओलेक्सान्द्र सिस्स्र्कीका अनुसार, मार्च महिनामा मात्रै करिब ५० वर्ग किलोमिटर क्षेत्र युक्रेनले पुनः आफ्नो कब्जामा लिएको छ ।

युक्रेनी सेनाले स्लोभियान्स्क वरपरका रुसी आक्रमणहरूलाई विफल पारेको र कोस्त्यान्तिनिभका नजिक भएका कयौँ हमलाहरूको डटेर सामना गरेको जानकारी दिएको छ । सन् २०२२ मा सुरु भएको यो युद्धमा रुसले पहिलेदेखि नै डोनबासको ठूलो हिस्सा र अन्य क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर