बेल्टार बजारमा आगलागी हुँदा दुई जनाको मृत्यु

काठमाडौं ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारस्थित पुष्पलाल चोकमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । आगलागीले दुई घर पूर्ण रूपमा जलेका छन् भने जलेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका इन्स्पेक्टर प्रभाप लिम्बूले घटनास्थलबाट दुई जनाको जलेको अवस्थामा कंकाल फेला परेको जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएका कारण आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविनकुमार दासको घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर