बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं ।  बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राजापुर तर्फ जाँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा हजुरबुवा र नातिको मृत्यु भएको हो ।

बिहान करिब सवा पाँच बजे कोहलपुर बिरामी छोडेर राजापुर तर्फ तिव्र रुपमा गइरहेको एम्बुलेन्सले ठक्कर दिँदा गुलरिया नगरपालिका वडा नं ५ बस्ने ५५ वर्षीय भूमिराज लामिछाने र उहाँ कै नाति ६ वर्षीय रियान्स खरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

दुर्घटना पश्चात् तत्काल उद्धार गरि उपचारका लागि नेपालगञ्ज पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट श्रीमती ५० वर्षीया सिता शर्मा र सोही ठाउँ निवासी ६५ वर्षीय सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ ।

ठक्कर दिने बा ०३०५ नम्बरको एम्बुलेन्स र चालक ४३ वर्षीय जगतराम थारूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो । मृतक लामिछाने योग प्रशिक्षक हुनुहुन्थ्यो । उहाँहरू जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा योग कक्षा सञ्चालनका लागि जाँदै गर्दा बाटो क्रस गर्ने क्रममा एम्बुलेन्सले ठक्कर दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर