भारतमा मोदीले माफी मागे

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका आमा तथा दिदीबहिनीहरूसँग माफी मागेका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले ‘नारी शक्ति वंदन अधिनियम’ संशोधन विधेयक पारित हुन नसकेकोप्रति दुःख व्यक्त गरे। उनले देशका करोडौँ महिलाहरूको सपना कुचलिएको बताए। ‘हामीले प्रयास गर्दा पनि सफल हुन सकेनौं। नारी शक्ति वंदन अधिनियममा संशोधन हुन सकेन। म देशका सबै आमाहरू र दिदीबहिनीहरूसँग माफी चाहन्छु,’ उनले भने।

केही मानिसका लागि दलभन्दा ठूलो केही नहुने भन्दै उनले विपक्षी दलका नेताहरूको आलोचना गरे। शुक्रबार लोकसभामा महिलालाई संसद र प्रदेशसभामा आरक्षण दिने कानुनसम्बन्धी (१३१औँ) संशोधन विधेयक पारित हुन सकेन। विधेयकको पक्षमा २९८ मत परे भने विपक्षमा २३० मत परेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर