सार्वजनिक लेखा समिति कांग्रेसको भागमा

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको छ।  सिंहदरबारमा आज बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उक्त समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो  प्र

प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई समितिको नेतृत्व दिने निर्णय गरिएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर