मुख्यतया: देशभरको मौसम सफा रहने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा कमजोर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। देशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ, बाँकी पहाडी र तराई भू-भागमा मौसम मुख्यतया: सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रहरू साथै देशका हिमाली क्षेत्रहरूमा सामान्यतया: बदली रहनेछ, बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने छ र तराईमा मौसम सामान्यतया: सफा रहनेछ। देशका हिमाली क्षेत्रका केही स्थानमा र कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/चट्याङ पर्ने सम्भावना छ।
आज राती देशका हिमाली क्षेत्रहरूमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम सामान्यतया: सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
