प्रधानमन्त्री र सांससदहरूबिच छलफल जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बागमतीबाट प्रत्यक्ष निर्वाचित सांसदसँग शाहले छलफल गरेका हुन्। विकास निर्माण र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा क्रममा बागमती प्रदेशका सांसदले आआफ्नो क्षेत्रका समस्या र विकास योजनाबारे जानकारी गराएका थिए। उनीहरूले आगामी वर्षको बजेटमा आफ्नो क्षेत्रका योजना राख्न आग्रह गरेका छन्। यसअघि प्रधानमन्त्री शाहले कोसी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिमका सांसदसँग छलफल गरेका थिए।
प्रतिक्रिया
