इरानले अमेरिकालाई भन्यो समुद्री डकैती
काठमाडौं । अमेरिकाले इरानका बन्दरगाहहरू अवरूद्ध गर्ने प्रयास गरे कडा जवाफी कारबाही गर्ने इरानी सेनाले चेतावनी दिएको छ। इरानले अमेरिकाको धम्कीलाई ‘गैरकानुनी’ र ‘समुद्री डकैती’ जस्तो व्यवहार भनेको छ। न्युज एजेन्सी आईआआईबीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युद्ध सकिए पनि स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कायम राख्ने बताएको छ।
‘शत्रु देश’ सँग सम्बन्धित जहाजहरूलाई इरानी समुद्री सीमाबाट अवागमन गर्ने अधिकार नभएको इरानको भनाइ छ। खाडी देशहरूलाई समेत चेतावनी दिँदै इरानी सेनाले भनेको छ,‘यस क्षेत्रका बन्दरगाहहरूको सुरक्षा या त सबैका लागि हुनेछ, अन्यथा कसैका लागि पनि हुने छैन।’
प्रतिक्रिया
