अमेरिकाद्वारा इरानी बन्दरगाहहरूमा नाकाबन्दीको घोषणा

काठमाडौं ।  अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्डले सोमबार बिहानदेखि इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गर्ने घोषणा गरेको हो । यसले इरानसँगै चीन पनि प्रभावित हुने देखिएको छ । सेन्टकमले इरानी बन्दरगाह र तटीय क्षेत्रहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै देशका जहाजहरू विरुद्ध निष्पक्ष रूपमा नाकाबन्दी लागू गरिने बताएको छ ।

सामाजिक सञ्जालमा अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले राष्ट्रपतिको घोषणा अनुसार, इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने र बाहिर निस्कने सबै समुद्री यातायातलाई रोक लगाउने बताएको हो ।अरबी खाडी र ओमान लगायत इरानी बन्दरगाह र तटरेखा प्रयोग गर्ने सबै देशका जहाजहरू विरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिने बताइएको छ ।
सेन्टकमले भनेको छ, ‘यसले हर्मुजको जलडमरूम हुँदै गैर–इरानी बन्दरगाहहरूमा जाने वा जाने जहाजहरूको लागि नेभिगेसनको स्वतन्त्रतामा बाधा पुर्‍याउने छैन ।’
आइतबार ट्रुथ सोसलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘अमेरिकाले चाँडै नै हर्मुजको जलडमरूबाट गुज्रने जहाजहरूलाई रोक्न सुरु गर्नुपर्छ ।’ यो घटनापछि वासिङ्टनले फेरि एक पटक चीन र इरान दुवैप्रति आफ्नो अडान कडा बनाएको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर