युट्युबर रोशन पोखरेललाई पक्राउ गरेकाेमा आपत्ति

काठमाडौं ।  प्रहरीले युट्युबर रोशन पोखरेललाई पक्राउ गरेकाेप्रति जेन–जी मुभमेन्ट नेपालले आपत्ति जनाएकाे छ । जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले एक विज्ञप्ति जारी गर्दै पोखरेललाई अभिव्यक्तिकै आधारमा पक्राउ गर्नु गलत र आपत्तिजनक कदम भएकाे बताएका छन् ।

जेन–जी मुभमेन्टले पोखरेललाई तत्काल रिहा गर्न पनि माग गरेको छ । एकतर्फी रूपमा व्यक्तिलाई निशाना बनाउँदै पक्राउ गर्नु कानुनी राज्यको सिद्धान्तविपरीत भएकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ । यस्ता गतिविधिले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि गम्भीर आघात पुऱ्याएको उनकाे भनाइ छ ।

युट्युबमा प्रधानमन्त्री वालेन्द्र शाहलगायत नेताहरूलाई अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका– ७ घर भएका रोशन पोखरेल प्रहरीले पक्राउ गरेकाे थियाे । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर