परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। नवौँ हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन मौरिसस पुगेका परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो।
विदेशमन्त्री जयशंकरले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा खनाललाई बधाई दिएका थिए। उनले नेपाल र भारतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए। परराष्ट्रमन्त्री खनाल विदेशमन्त्री जयशंकरको निमन्त्रणामा मौरिसस पुगेका हुन्। नवौँ हिन्द महासागरीय सम्मेलनको आयोजक पनि इन्डिया फाउन्डेसन रहेको छ।
प्रतिक्रिया
