बालेन सरकारमा दुई मन्त्री थपिए

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव नियुक्त हुनुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरुलाई आज मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

उहाँहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए । ​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् । यसअघि श्रममन्त्री रहेका दीपककुमार साह आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्तिलाई लिएर विवादमा मुछिएपछि प्रधानमन्त्री बालेन शाहले पार्टीको सिफारिसमा बर्खास्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर