यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी
काठमाडौं । सरकारले अब यातायातमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनबाट चल्ने सवारी साधनमा आवश्यक परे जोर-बिजोर प्रणाली लागू गरिने मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रूपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न सकिने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको स्पष्ट पारिन् ।
विश्वमा पछिल्लो समय विकसित परिस्थितिका कारण पेट्रोलियम पदार्थको अभाव देखिएकाले त्यसको व्यवस्थापनका लागि सरकारले आवश्यक कदम चाल्ने उनको भनाइ छ ।
प्रतिक्रिया
