इरानका गुप्तचर प्रमुख मारिए

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को गुप्तचर संगठनका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका छन्। बीबीसीका अनुसार आईआरजीसी आफैँले विज्ञप्ति जारी गरी घटनाको पुष्टि गर्दै भनेको छ, “माजिद खादेमी सोमबार (अप्रिल ६) बिहान मारिए।”

यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्ज र इजरायल रक्षा बल (आईडीएफF) ले माजिद खादेमीको हत्याको जिम्मेवारी लिएका छन्। आईडीएफले सामाजिक सञ्जालमा लेखेको छ, उनको मृत्यु आईआरजीसीलाई “अर्को ठुलो धक्का” हो। २०२५ जुन १५ मा इजरायलको आक्रमणमा मोहम्मद काजेमी मारिएको चार दिनपछि खादेमीलाई आईआरजीसी गुप्तचर संगठनको कमान्डर नियुक्त गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर