सडक गुण्डाहरू पक्राउ पर्ने क्रम जारी

काठमाडौं । काठमाडौका विभिन्न स्थानमा गैरकानुनी र उच्छृङ्खल क्रियाकलापमा संलग्न ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने, गुण्डागर्दी गर्ने र अनैतिक कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले गएको बिहीबार र शुक्रबार विशेष अपरेसन चलाएर काठमाडौंका विभिन्न क्षेत्रबाट यी व्यक्तिहरूलाई समातेको हो।

पक्राउ पर्नेहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा यात्रुहरूलाई जबर्जस्ती होटल तथा सवारी साधन प्रयोग गर्न दबाब दिने बिचौलियादेखि सार्वजनिक स्थलमा विदेशी र सर्वसाधारणलाई अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्नेहरूसम्म रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै ७० जनामाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ भने ३ जना जुवा र ३ जना लुटपाट तथा चोरीको मुद्दामा अनुसन्धानको घेरामा छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर